प्रधानमन्त्रीलाई पूर्वमन्त्री बस्नेतको चेतावनी

0

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले मूलुकको राजनीतिलाई कम्युनिष्टले उल्टो बाटोमा हिडाएको आरोप लागाएका छन । कुरा मिठा गर्ने र काम सिन्को नभाच्ने कम्युनिष्टहरुको झुट प्रवृत्ति मुलुकको भविश्य निर्माणमा अभिशाप बनेको उनको तर्क छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा पुगेका बस्नेतले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्न भारतलाई नाकबन्दी गर्न लगाएको आरोप समेत लगाए ।

कम्युनिष्टको विगत र वर्तमन नै निराशाजनक भएकाले उनीहरुबाट मुलुकको संमृद्धिको कल्पना गर्न नसकिने उनले बताए । कम्युनिष्ट सत्ता न्यायालय कब्जा,भ्रष्टाचार,हत्या,हिंसा, बलत्कार र दण्डहिनताको लाइसन्स बनेको भन्दै यसको प्रतिकारमा जनता उत्रिनु पर्ने बताए ।

कम्युनिष्टका कारण मुलुकको भविष्य अन्धकार बन्दै गएकाले अब कांग्रेस चुपलागेर नबस्ने नेता बस्नेतको भनाई थियो । संविधानजारी भएपछि एकाएक चुलिएको कांग्रेसको लोकप्रियताबाट डराएर ओलीले नाकबन्दी गर्न लगाएको तर्क गरे ।नाकावन्दीका बेला चर्को कुरा गरेर आफूलाई राष्ट्रवादी ठान्ने प्रधानमन्त्रीले कालापानी,लिपुलेक र लिम्पियाधुराको बारेमा नबोल्नु आश्चर्यजनक भएको उनले बताए ।

नेपाली भूमि विदेशी सेनाले कब्जा गर्दा समेत प्रधानमन्त्री किन चुप ? भारतले नेपालको अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्दा समेत प्रधानमन्त्रीले अधिकारीक धारणा सार्वजनिक नगर्नुले आशंका पैदा गरेको नेता बस्नेतले तर्क गरे ।

नेता बस्नेतले साच्चिकै राष्टिवादी भए भारतसंग औपचारीक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीलाई चुनौति समेत दिए । आफ्नो गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा पूर्व मन्त्री बस्नेतले आजै तातोपानी नाकाको समेत अवलोकन गरेका छन ।

Leave A Reply

Your email address will not be published.