बेल्जियमका नेपालीले भारतीय दुताबास घेराउ गर्दै नेपाली भुमी फिर्ता मागे

0

नेपाली भुमीमा भारतीय अतिक्रमण बिरुद्ध बेल्जियमबासी नेपालीहरुले भारतीय राजदुताबास बेल्जियम अगाडि बिरोध प्रदर्शन गरेका छन । गो ब्याक इन्डिया फ्रम नेपालको नारा लेखिएको ब्यानर र कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो’, नेपाललाई गरिने हस्तक्षेप बन्द गर जस्ता प्लेकार्ड सहित् भेला भएका बिभिन्न बैचारिक संघ सङ्गठन र गैर आबासीय नेपाली संघका पदाधिकारीहरु लगायत स्वतन्त्र ब्यक्तिहरुले भारत बिरुद्ध नाराबाजी गरेका थिए ।

केही समय अघीबाट ब्रसेल्स स्थित भारतीय दुताबास सँग औपचारिक समय मागेर बिरोधपत्र बुझाउने प्रयास गरिएको र सिमित ब्यक्तीहरुलाई मात्र बिरोधपत्र बुझाउन दिने भन्ने दुताबासको भनाई आए पछी सर्ब पक्षिय भेला गरेर बिरोध प्रदर्शन गरी ज्ञापन पत्र पोस्टबक्समा हाली दिएको भेला आयोजनाकर्ता मध्यका एक नेकपा माओवादी सम्बद्ध बिष्णु भुजेलले बताउनु भएको छ ।


ज्ञापनपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यो समस्या तत्काल समाधान गर्न र सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न माग गर्दै भारतले जारी गरेको नयाँ नक्सा सच्याउनका लागि आग्रह गरिएको छ ।


बेल्जियममा रहेको नेपाली समुदायको मातृभूमी प्रतिको प्रेम र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देखिएको एकताको सहभागी सबैले प्रसन्शा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.