अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

0

सिएनएन – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार आइतबार राति ८ बजेतिर क्यालिफोर्नियाको फ्रेस्नोमा ‘फुटबल वाच पार्टी’ भइरहेको ठाउँमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ ।

घर पछाडिको भागमा परिवारका सदस्य तथा साथीभाइ मिलेर फुटबल हेर्दै पार्टी गरिरहेका बेला अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली चलाएको फ्रेस्नोका प्रहरीले जनाएका छन् । गोली लागेर मारिनेमा २५ देखि ३० वर्ष उमेर समूहका रहेको जनाइएको छ ।

घाइते भएका अरु ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा झण्डै ३५ जना थिए । बन्दुकधारी परिचित व्यक्ति नरहेको र उसले ती प्रभावितहरुलाई चिने वा नचिनेको समम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारी फरार भएका छन् । प्रहरीले आक्रमणकारीका बारेमा जानकारी प्राप्त गर्नका लागि घटना भएको क्षेत्रमा रहेका सिसिटिभीका फुटेजहरु हेरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.