नेकपाले सरकारी कर्मचारीलाई गोठालो बनायो : वरिष्ठ नेता पौडेल

0

काठमाण्डौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई दलदलमा फसाउनमा अहिलेको सरकार लागिपरेको आरोप लगाएका छन् । पाँचथरको फाल्गुनन्दमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नवमीडाँडा आएका नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले कम्युनिस्ट भाषा, लिपी, साहित्य र संस्कृतिलाई समाप्त पार्न लागि गरेको बताएका छन् ।

नेकपाले नेपालीहरुको पहिचान, भाषा र संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार सुरु गरेको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेकपाले साहित्य र संस्कृतिमाथि प्रहार गरेको बातए ।

पौडेलले चुनाबाट चुनिएका सबै मान्छे लोकतन्त्रवादी नभएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओली लोकतन्त्र मासेर तानाशाही बन्न खोजेको पौडेलको आरोप थियो । सरकारी कर्मचारीलाई नेकपाले आफ्ना गोठालाजस्तो बनाएको पौडेलले आरोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.