पूर्व एमालेका ७ सहित १० मन्त्री हटाईने को-को परे ?

0

नयाँ अनुहार यस्तो छ !

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको पुनर्गठनको तयारी गरेका छन् । मन्त्रीमण्डल तथा सचिवालयका सदस्यहरुको कार्यसम्पादन नभएपछि ओलीले सबैको राजिनामाको सहज बाटो अपनाएका हुन् । हटाउनुपर्ने सदस्यहरुलाई मात्रै हटाउँदा वा राजिनामा माग्दा उनीहरुको मन दुख्ने भएकोले राजीनामा सवैको माग्ने हल्ला पनि छ।

मन्त्रीमण्डलको पुन र्गठनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति लिइएको छ । तर सबै मन्त्रिहरुको राजिनामा माग्ने या हटाउनुपर्ने मन्त्रीहरुको मात्रै राजिनामा माग्ने भन्ने निष्कर्षमा भने ओली पुगिसकेका छैनन् ।

स्रोत भन्छ–१० मन्त्रीहरु ओलीको हट्ने सुचिमा छन् । ति मध्य ३ जना पुर्व माओवादी पक्षका हुन् भने ७ जना साविक एमालेबाट रहेका छन् । निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन्।

उद्योगमन्त्री मातृका यादव, कृषि मन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर ओलीको हट्ने सुचिमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको सुचिमा आफ्ना क टु आलो चक घनश्याम भुषालदेखि नेपाल पक्षका सुरेन्द्र पाण्डे सम्मलाई समेट्ने तयारी गरेको स्रोत बताउँछ ।

पार्टी महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र ५ प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल नयाँ अर्थमन्त्रीका दावेदार हुन् । कसलाई अर्थमन्त्री बनाउने भन्ने निष्कर्षमा ओली पुगिसकेका छैनन् ।

सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन् । शिवमायालाई उपसभामुखबाट राजीनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ । पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन् ।

Leave A Reply

Your email address will not be published.