प्रचण्डलाई केपी ओलीको सम्मान

0

काठमाण्डौं – मुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाण्डौंमा सुरु भएको छ । तत्कालीन युवा संघ नेपाल र वाइसिएल नेपालको एकीकरण राष्ट्रिय युवा संघको गठन भएपश्चात बनेको राष्ट्रिय युवा संघ नेपालको यो पहिलो राष्ट्रिय भेला हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा काठमाण्डौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा उक्त भेला सुरु भएको हो । युवा संघले सबै जिल्लाका संयोजक र सहसंयोजक तोकिसकेको छ । नेकपामा आन्तरिक एकता सबैभन्दा पहिले टुंग्याउने भातृ संस्था पनि युवा संघ बनेको छ ।

राष्ट्रिय भेलाको शुभारम्भका क्रममा राष्ट्रिय युवा संघले पार्टीका दुवै अध्यक्षलाई सम्मान गरेको छ । त्यस क्रममा ओली प्रचण्डका अलावा तत्कालीन युवा संघ र वाइसिएलका सबै पूर्वअध्यक्षलाई सम्मानित गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मान गरेका थिए भने पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले सम्मानित गरेका थिए ।

Leave A Reply

Your email address will not be published.