तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

0

काठमाण्डौं – आफ्ना नेतालाई झुठा मुद्दामा फसाउन खोजिएको भन्दै तरुण दल बाँकेले आह््वान गरेको जिल्ला बन्दले यहाँका जनजीवन विहानैदेखि प्रभावित बनेको छ ।

केहि साताअघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियारसहित बाँके प्रहरीले पक्राउ गरेको थियो ।
तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले कार्तिक १४ गते राति ९ बजे मेडइन यूएसए लेखिएको गोली लोड भएको अटोमेटिक पेस्तोल, दुई राउण्ड गोली र म्याग्जिनसहित नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।

तर तरुण दलले संगठनको प्रभाव र लोकप्रियतालाई बद्नाम गराउने उद्देश्यले नियोजित रुपमा प्रहरीले नै आफ्नो पेस्तोल भिडाएर झुठा मुद्दामा शाहलाई पक्राउ गरेको आरोप लगाउँदै झुठा मुद्दा फिर्ता लिई रिहा गर्नु पर्ने माग गर्दै विरोध प्रदर्शन गर्दै आइरहेको छ । उसले बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट परिक्षण गर्न समेत माग गरेको छ ।

गिरफ्तारको दुई बित्दा समेत प्रशासनले झुठा मुद्दामा शाहलाई हिरासतमा राखिराखेको भन्दै शुक्रबार तरुण दल बाँकेले आज बाँके जिल्ला बन्दको अह्वान गरेको हो ।

बन्दकाकारण पश्चिमबाट आउने सवारीसाधन चप्परगौडीमा रोकिएका छन् । नेपालगञ्ज–कोहलपुर सडकखण्ड अवरुद्ध छन् सडक र चोकहरुमा संगठन झन्डा राखेर कार्यकर्ताहरुले सवारी चल्न दिएका छैनन् । रिक्सा भने चलेका छन् । शाहसहित सबैलाई रिहा नगरेसम्म बन्द जारी रहने तरुण दल बाँकेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.