विप्लव नेकपाका चार जिल्ला सेक्रेटरी गिरफ्तार, को कहाँ छन् ?

0

काठमाण्डौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का एक ईन्चार्जसहित चार जिल्ला सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जनाइएअनुसार जाजरकोट जिल्लाा ईन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’लाई बाँकेको कोहलपुर प्रहरीले हिजो बिहिबार राति ११ बजे कोहलपुर नगरपालिका–२ स्थित सालबुटाबाट गिरफ्तार गरेको हो ।

उनलाई कोहलपुर प्रहरीमा राखिएको स्रोतले जनाएको छ । गिरफ्तार परेका वली जनयुद्धकालका घाइते कमाण्डर हुन् । उनी जाजरकोटको नलगाड नगरपालिका–५ रघुनाथ निवासी हुन् । उनलाई चन्दा, आगजनी कसुरसम्बन्धी अभियोगमा गिरफ्तार गरिएको हो ।

यस्तै ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले ‘रूपेश’लाई यही कार्तिक २६ गते मंगलबार काठमाडौंस्थित सर्वोच्च अदालत गेटबाट गिरफ्तार गरेको छ । प्रहरीले गैरकानूनी रुपमा हिरासतमा राखेको ठहर सर्वोच्च अदालतबाट ठहर भएसँगै रिहा भएका उनलाई गेटबाटै गिरफ्तार गरिएको थियो ।

ईन्चार्ज रुपेशलाई कस्कीका ईन्चार्ज रहेका बेला गत भदौ ६ गते कास्कीको पोखराको शिशुवाबजारबाट गिरप्mतार गरेयता यो छैठौंं पटक गिरफ्तारी हो । पहिलोपटक पोखराबाट गिरप्mतार परेपछि यतामात्र उनलाई स्याङजा, तनहुँ, गोरखा, र पर्वत घुमाइसकेका छन् ।
पछिल्लोपटक उनलाई उनको शर्माबाट दाजु मुकेश वाग्लेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि न्यायाधिश दिपककुमार कार्की र माननीय न्यायाधिश सुष्मालता माथेमाको संयुक्त इजलाशले रुपेश निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । रिहालगत्तै गेटबाटै पुनः गिरफ्तार गरी म्याग्दी लगिएको छ ।

उनलाई सरकारले राजनीतिक आस्था र विचारकै आधारमा झुठा अभियोगमा ईन्चार्ज रुपेशलाई गिरप्mतार गरेर झुठामा फसाउन खोजिएको भन्दै ने.क.पा.की गण्डक ईन्चार्ज सावित्रा दूरा ‘आस्था’ले गिरप्mतारीको निन्दा र भत्सर्ना गर्दै बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरेकी छन् ।

सोही पार्टीका सुनसरी जिल्ला सेक्रेटरी मोहन बस्नेतलाई पनि प्रहरीले २६ गते मंगलबार प्रहरीले गिरप्mतार गरेर थप अनुसन्धानको लागि हिरासतमा राखेको छ । सेक्रेटरी बस्नेतसँगै जिल्ला सदस्यद्वय सागर राई र सुरेश राईलाई पनि प्रहरी गिरप्mतार गरेको छ । तीनै जनालाई सुनसरी प्रहरीको हिरासतमा राखिएको र उनीहरुविरुद्ध गत भदौ २० गते धरान उपमहानगरपालिका–१८ स्थित दिल्ली पब्लिक स्कूलमा बम विष्फोटमा संलग्न रहेको अभियोगमा मुद्दामा अनुसन्धान भइरहेको जनाएका छन् ।

मेची–कोशी ब्यूरो इन्चार्ज अनुले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर सेक्रेटरी बस्नेत, सदस्यहरु सागर राई र सुरेश राईलाई पार्टी संगठनकै काममा खटिएको बेला राजनीतिक प्रतिशोधमा सरकारले गिरफ्तार गरी झुठा मुद्दामा फसाउन खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

भारतीय साम्राज्यवादले नेपालको भूभाग मिचिराखेको बेला राष्ट्रिय स्वाधीनता र पूर्ण जनअधिकारको लागि संघर्षरत पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गर्नु निन्दानीय कार्य भएको बताउँदै ईन्चार्ज अनुले गिरफ्तार तीनै जनालाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेकी छन् । पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेर ‘सामाजिक दलाल पूँजीवादी सरकार’ले विदेश प्रभ र साम्राज्यवादीको पक्षपोषण गरेको आरोप समेत लगाएकी छन् ।

यस्तै सोही पार्टी ने.क.पा.का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पनि पक्राउ गरेको छ । थोकरलाई कार्तिक ६ गते राति पनौती नगरपालिका–९ शंखुस्थित घरैबाट पक्राउ गरेको हो । लामो समयको निगरानीपछि गिरफ्तार गरिएको प्रहरीको दाबी छ ।

थोकरलाई काभ्रेको कोशीपारी क्षेत्रको भुम्लु गाउँपालिका–५ स्थित सल्लेडाँडामा रहेको एनसेल (बीटीएस) टावरमा गएको चैत्र १० मा भएको आगजनीमा संलग्न रहेको आरोपमा मुद्दा लगाइएको छ । थोकर असोज महिनामा जिल्ला सेक्रेटरी बनेकी थिइन् । उनलाई सदरमुकाम धुलिखेलमा प्रहरीको हिरासतमा राखिएको छ ।

सरकारले भने गत फागुन २८ गते उक्त पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै पार्टीका नेता कार्यकर्तालाई निगरानी, दमन र गिरफ्तारी श्रृंखला तीव्र पार्दै वार्तालाई महत्व नदिएको अवस्था छ । तर पार्टीले भने प्रतिबन्ध फुकुवा र सम्पूर्ण गिरफ्तार नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्ताको गुञ्जायस नै नरहेको बताउँदै आइरहेको छ ।

सरकारले पछिल्लाे चरणमा उक्त पार्टी छाडेर बसेकाहरुलाई पनि गिरप्तार गरी अनुसन्धानका लागि हिरासतमा राख्ने क्रमलाई पनि रोकेको छैन ।

Leave A Reply

Your email address will not be published.