प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल आउट, थापा इन !

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय फेरबदलले मूर्त रुप लिन थालेको छ । राजीनामा दिन लगाएका प्रेस सल्लाहकार कुन्दन अर्यालको ठाउँमा सूर्य थापालाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ ।

थापा पार्टीको प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य समेत हुन् । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय थापा यो दोस्रो पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुँद्रछन । झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस उनले सल्लाहकारको भूमिका निभाइसकेका छन् ।
प्रधानमन्त्रीले सचिवालय र सल्लाहकारका सबै सदस्यले राजीनामा बुझाउन लगाएपनि ६ जनाको राजीनामा मात्र स्वीकृत गरिएको छ ।

अर्याल, अच्युत मैनाली, चेतन अधिकारी, घनश्याम भट्टराई, कृष्ण पौडेल र उदय पोखरेलको राजीनामा स्वीकृत गरिएको हो ।
अर्याल पत्रकारिताका लेक्चरर हुन् । उनको भूमिका पछिल्लो समयमा प्रभावकारी नभएको भन्दै पार्टीभित्र र संचार क्षेत्रबाटै आलोचना भइरहेको थियो । मुलतः प्रधानमन्त्रीको स्वास्थ्योपचारको बेला सही सूचना प्रवाह गर्न नसकेको भन्दै आलोचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.