धनगढी पुगेर देउवाले भने – ‘लिपुलेक र कालापानी नेपालको हो’

0

काठमाण्डौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन् ।

बिहीबार प्रेस युनियन कैलालीले धनगढीको विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन् । ‘लिपुलेक तीन देश (नेपाल, चीन र भारत) कै केन्द्र हो । तर, भारतले त्यसलाई आफ्नो देशको भन्न मिल्दैन्’ देउवाले भने ‘कालापानी कुनै पनि हालतमा भारतको हुन सक्दैन् ।’

उनले महाकाली सन्धीमा महाकालीको पानि दुवै देशको साझा हुने गरी सहमति भएको र लिपुलेक तिनै देशको व्यापारीकेन्द्रको रुपमा सहमति भएको बताए ।उनले कालापानीको विवाद सडकमा नाराबाजि गरेर समाधान नहुँने भएकोले कुटनैतिक तरिकाले समाधान गर्नुपर्ने बताए । उनले भने – ‘केहि युवाको जमातले कालापानीको नारा लगाउँदै सडकमा उर्लिएर हुँदैन् । दुई तिहाइको सरकारले कूटनीतिक पहल गरेर यो समस्यालाई समाधान गर्नुपर्छ ।’

देउवाले मंसिरमा भैरहेको उप–निर्वाचनमा एकजुट भएर आफ्नो उमेदवारलाई जिताउन आग्रह गरे । ‘उप चुनाव नजिक आइसकेको छ । यो बेला सबै एक भएर लाग्नुपर्छ ।’ देउवाले भने ‘चुनावमा हाम्रो पार्टिको विजय हुनेछ ।’

प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने पत्रकारको प्रश्नको जवाफमा कम्युनिस्टलाई भोट दिएको भन्दै देउवा कड्किए। ‘ए अहिले चाहियो प्रतिपक्ष ?’, प्रश्न गर्दै देउवाले भने, ‘कम्युनिस्टलाई भोट हाल्नेलाई ठिकै भएछ ।’

नेता देउवासँगै पत्नी आरजु राणा देउवा पनि धनगढी आएकी छन् । देउवाले शुक्रबार महेन्द्रनगरमा नेपाल शिक्षक संघको प्रदेश भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने शनिबार धनगढीमा हुने महिला संघको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.