नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् हेरफेर देखि नेताहरुलाई जिम्मेवारी दिने तयारी

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसाग लगातार तीनदिनसम्म परामर्श गरेपछि बैठक बोलाइएको हो ।

समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । विहिबार बसेको पार्टीको बैठकमा पार्टी सरकारमा बस्ने वा नबस्ने भन्ने मुख्य एजेण्डा लगायत अन्य विषयमा समेत छलफल भएको थियो ।

बैठकले तत्कालको लागि सरकारबाट नबाहिरिने तर मध्यमार्गी बाटो रोज्ने निर्णय भएको बताइएको छ । विभिन्न कुरामा सरकारसंग असन्तुष्ट रहेको समाजवादी पार्टीले बारम्बार सरकारबाट बाहिरिने धम्की र्दिादै आएको थियो ।

पछिल्लो समय प्रदेश प्रमुख छनौट गर्ने क्रममा समाजवादी पार्टीबाट कोहि नपरेको भन्दै पार्टी सरकारसंग रुष्ट भएको थियो । तत्कालको लागि भने पार्टी सरकारबाट बाहिरिने सम्भावना टरेको नेताहरुले बताएका छन् ।

सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.