पत्रकार शर्माको निधन, पत्रकार महासंघद्वारा दु:ख व्यक्त

0

काठमाण्डौं – पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा निधन भएको छ । २३ वर्षीय शर्माको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बोनम्यारोको उपचारको क्रममा बिहिबार दिउँसो पत्रकार शर्माको निधन भएको हो ।

बोनम्यारोमा समस्याबाट ग्रसित उनको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा निधन भएको हो । विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा सुर्खेतबाट प्रकाशिन साझा बिसौनी दैनिकमा कार्यरत थिए । शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत थिए । पछिल्लो समयमा शर्मा काठमाडौंबाट संचालित देशसञ्चार डटकममा आवद्ध थिए ।

पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । पत्रकार शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाउँदै महासचिव विष्टले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.