छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
काठमाण्डौं – छात्रालाई जबर्जस्ती करिणी गरेको आरोपमा चितवनको माडी नगरपालिका – ५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विक पक्राउ परेका छन् ।
उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको दाबी गरिएको छ ।
घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । विकलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए ।