कीर्ते मुद्दा लागेका राज्यमन्त्रीले दिए राजीनामा

0

काठमाण्डौं – ठगी तथा कीर्ते गरेको अभियोगले लागेका राज्यमन्त्रीले राजीनामा दिएका छन् । अभियुक्त सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष पुगे र राजीनामा बुझाएका हुन् । आर्थिक अनियमितता आरोपमा रावलविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दर्ता भएको छ ।

रावलमाथि स्रोत नखुलेको सम्पत्ति भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन सुरू गरिएको छ ।

Leave A Reply

Your email address will not be published.