श्रीमतीकाे बहानामा भारततर्फ मानव तस्करी गर्न खाेज्ने विष्ट पक्राउ

0

काठमाण्डौं – दम्पत्ति बनेर भारत जान लागेको अवस्थमा कञ्चनपुर प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको छ ।

सुर्खेत निवासी वर्ष २६ का उदे विष्टले रौतहटकी एक युवतीलाई आफ्नी श्रीमती भएको बताएर भारत लैजाँदै गर्दा माइती नेपालको सहयोगमा पक्राउ गरिएको हो ।

शंका लागेर नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गर्दा दम्पत्ति भएको कागजपत्र प्रमाण पुग्ने केही नभेटिएपछि दुवै जनालाई कञ्चनपुरको गड्डा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । एकजना युवतीलाई श्रीमती बनाई भारत छिराउन खोज्ने सुर्खेतका विष्टलाई कागजपत्र समातेर प्रहरीलाई बुझाएको माइती नेपालको कञ्चनपुर शाखाका प्रमुख महेश्वरी भट्टले जानकारी दिइन् ।

निजहरुमाथि थप अुनसन्धानपछि नेपाल फर्काइदिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ । दुवै जनासँग श्रीमान श्रीमती नाता भएको प्रमाण नभेटिएपछि पक्राउ गरी नेपाल फिर्ता गरिएको जनाइएको छ । केटीको २४/२५ वर्षकी रहेकाे बताइन्छ । ।

Leave A Reply

Your email address will not be published.