सीमा अतिक्रमण विषयमा मधेसकेन्द्रित दलकाे माैनता आश्चर्यपूर्ण

0

काठमाण्डौं – काठमाण्डौं – मुलुकभित्र मुलुकको सीमा अतिक्रमणविरुद्ध विरोधका आवाज र प्रदर्शन चौतर्फी फैलिइरहेको बेला मधेस केन्द्रित दलहरु भने मौन छन् ।


सत्तारुढ दलका सीमित नेताहरुले अतिक्रमणविरुद्धमा अभिव्यक्ति दिइरहेका छन् । उसका विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् ।

अन्य पार्टी र पार्टी निकट विद्यार्थीहरु पनि भारत सरकारले हालै ल्याएको नक्सामा नेपाली भूमि दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटिएको पाइएपछि नेपालमा प्रदर्शन व्यापक बन्दैछ ।

यसलाई लिएर काठमाडौं, पाल्पा, रोल्पा, बाँके, बिराटनगर, दाङ, कैलालीलगायत स्थानमा भारत शासक वर्गको विरोध प्रदर्शन भएका छन् । हरेकजसो प्रदेशमा विरोध प्रदर्शन र नक्सा जलाउने कार्यक्रम जारी छ ।

प्रदेश नं. १ अन्तर्गत मोरङको विराटनगरमा र सीमा क्षेत्रमा नागरिकले विभिन्न फोरम गठन गरेर लिपुलेक अतिक्रमणको विरोधमा व्यापक प्रदर्शन भएका छन् । तर प्रदेश नं. २ मा भने चुपचाप देखिएको छ ।

त्यतिमात्र होइन, तराई (मधेस) क्षेत्र केन्द्रित राजनीतिक दलहरु पनि लिपुलेक मुद्दामा चुपचाप देखिएका छन् । राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी मधेस केन्द्रित राजनीति गरिरहेका पार्टी हुन् । पार्टीमा पूराका पूरा मधेसकै नेताहरु नै छन् । भलै डा. बाबुराम भट्टराई पछिल्लो समयमा समाजवादी पार्टीमा एक अध्यक्ष बनेका छन् ।

विरोधीहरुले काठमाडौंबाट हिन्दी भाषामा भाषण गरेर भारतीय शासक वर्गलाई सन्देश दिने कोशिस गरेका छन् । कसैले अंग्रेजीमा लेखेर, बोलेर भाषण गरेर भारतद्वारा नेपाली भूभाग अतिक्रमण मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउनेका प्रयासमा छन् ।

तर मधेस केन्द्रित दल भने अहिलेसम्म मौन छन् । प्रदर्शन त परै जाओस्, न विरोधको आवाज, न त प्रेस विज्ञप्ति देख्न पाइएको छ । मुकदर्शक बनेका छन् । मौनतालाई धेरैले आश्चर्यपूर्ण रुपमा लिएका छन् ।

Leave A Reply

Your email address will not be published.