मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

0

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । एकीकृत नेकपा (माओवादी)का अमनलाल मोदीले बैठकको सुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी नियमापत्ति जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गर्नुभएको हो । सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने प्रावधान छ । आजको बैठकमा पनि सरकारले आव २०७२÷७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.