काठमाडौं, २६ आषाढ । संविधान निर्माण प्रक्रिया, बजेट निर्माणमा भूमिकालगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दल नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी मूख्यालय बल्खुमा बस्ने बैठकमा सरकारको समीक्षा, मन्त्रीहरुको मूल्याङ्कनजस्ता विषयमासमेत छलफल हुने जनाइएको छ । एमालेका सचिव योगेश भट्टराईका अनुसार बैठकमा सरकारको समीक्षा र एमाले मन्त्रीको भूमिका लगायतको विषयमा छलफल हुने छ । आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका अधिकांश मन्त्री विवादमा तानिएपछि एमालेले संस्थागत रूपमै मन्त्रीहरूको समीक्षा गर्न लागेको हो । विवादकै कारण एमालेले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाइसकेको छ ।