नेपालको भूभाग भारतीय नक्सामा समेटिएकाे भन्दै राप्रपाद्वारा आपत्ति

0

काठमाण्डौं – नेपाली भूभागलाई भारतमा समेटेर भारत सरकारद्वारा हालै जारी नयाँ नक्साप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गम्भीर आपत्ति जनाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा समावेश गरेर आपत्तिजनक कार्य गरेका छन् ।

भारत सरकारले नक्सामा अपनाएको रवैया गलत रहेको भन्दै उनले त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरे । समस्या तत्काल समाधानका लागि कुटनीतिक पहल गर्न समेत उनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

भारत सरकारले नेपालको सौवभौममाथि आँज पुग्ने रवैया तत्काल नसच्याए प्रतिवाद गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन् ।

हेर्नुस् विज्ञप्ति

Leave A Reply

Your email address will not be published.