शपथ लिएका प्रदेश प्रमुखहरु आजै कार्यक्षेत्र जाँदै

0

काठमाण्डौं – मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका सात वटै प्रदेशका प्रमुखहरु आजै कार्यक्षेत्र पुग्ने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले कांग्रेस सरकारका पालामा नियुक्त सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेपछि उनीहरुलाई सोमबार नै सरकारले नियुक्ति गरेको थियो । नियुक्त पाएका सबैलाई शितलनिवासमा राष्ट्रपति भण्डारीले शपथ खुवाएकी थिइन् ।

शपथ लिने प्रमुखहरुमा प्रदेश नंं. १ का सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नंं. २ का तिलक परियार, प्रदेश नंं. ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश नं. ५ का धर्मनाथ यादव, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदुरपश्चिम प्रदेशकी शर्मिलाकुमारी पन्त छन् ।

शपथका बेला उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.