चीनका राष्ट्रपतिले भने – हङकङका कार्यकारी प्रमुखप्रति पूर्ण विश्वास छ

0

ग्लोबल टाइम्स \ सांघाई – चीनका राष्ट्रपति सी जिनपिङले हङकङमा जारी लोकतान्त्रिक आन्दोलनका क्रममा जनस्तरबाट आलोचनाकी पात्र बनिरहेकी कार्यकारी प्रमुख केरी लामप्रति आफ्नो पूर्ण विश्वास र समर्थन रहेको जनाएका छन् । बेइजिङ्गले लामलाई हटाउने तयारी गरिरहेको पश्चिमा मिडियामा चर्चा भइरहेका बेलामा संघाईमा सोमबार भेटघाटका क्रममा राष्ट्रपति सीले लामलाई सो कुरा बताएका हुन् ।

लाम सेकेण्ड चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोका क्रममा अहिले संघाइमा गएकी छन् । सो अवसरमा लामले हङकङको पछिल्लो अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएकी थिइन् । भेटका क्रममा राष्ट्रपति सीले हिंसाको अन्त्य गरी अमन चयन पुनर्वहाली गर्नु अहिलेको लागि हङकङको महत्वपूर्ण कार्य भएको जनाएका छन् । सीले समाजका सबैपक्षसँग संवाद गरी जनताको जीवनस्तर सुधारमा पनि प्रभावकारी ध्यान दिनुपर्ने जनाएका छन् ।

उनले हङकङका सबै नागरिकले ‘एक देश, दुई प्रणाली’ नीति कार्यान्वयन गर्नका लागि मद्यत गर्ने विश्वास समेत सो अवसरमा व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.