कर्फ्यूकै बेला कृष्णनगर बजारमा प्रहरीद्वारा फायरिङ, चियापसले पाण्डेको मृत्यु, स्थिति तनावग्रष्त

0

काठमाण्डौं – कर्फ्यूकै बेला कृष्णनगर बजारमा बजारमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको समयमा भएको फायरिङमा परी युवक सुरज पाण्डेको मुत्यु भएको छ ।

कफ्र्यू क्षेत्र भारतसँगको सीमा क्षेत्रमा पर्दछ । बिहिबार बिहान ११ बजेबाट कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिमतर्फ सात सय मिटर, र पूर्वतर्फ ३ सय मिटर क्षेत्र निर्धारण गरिएको क्षेत्रभित्र प्रहरीले फायरिङ गरेको र त्यसैमा परेर चिया पसल चलाइरहेका पसले पाण्डेको ज्यान गएको हो ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहका अनुसार करिब आधा घण्टा अगाडि प्रहरीबाट भएको फायरिङबाट चिया पसले पाण्डेको ज्यान गएको हो । ‘अहिले अवस्था निकै संवेदनशील छ, दुई जना मान्छेबाट गरिएको आक्रमणका घटनालाई लिएर यत्रो घटना हुन पुगेको छ’ नगरपालिका प्रमुख शाहले भने, ‘मूर्ति विसर्जन गर्नेहरुमाथि आक्रमण गर्ने ती दुई मान्छे पारि भागिसकेका छन् भन्नेछ । ती मान्छेहरुका घर पारि (भारत)मा पनि छन् भन्ने सुन्या छु । खास कुरा के हो । अनुसन्धान होला । २० \ २५ मिनेट अघि मात्र कफ्र्यूकै समयमा मान्छे मर्नेसम्मनको दुःखद् घटना भएको छ ।’

दिपावलीको समापनका क्रममा स्थनीयबीच बुधवार राति बजारनजिक रहेको पोखरीमा मूर्ति विर्सजन गर्ने क्रममा मुश्लिम समूदायबाट भएको विरोधपछि उब्जिएको विवादले दुई समूहबीच झडपको रुप लिएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो ।

मूर्ति विर्सजनका विवादमा दुई जनाले विसर्जनमा सहभागीमाथि ढुंगा प्रहार गरेर भारत पसेको र तिनलाई पक्राउ गरेर कारवाही गर्न सहभागीहरुले माग गर्दै विरोध थालेपछि झडप भएको र त्यसले उग्र रुप लिन पुगेको थियो ।

घटनापछि जिल्ला सुरक्षा समितिको बिहिबार बिहान बसेको आकस्मिक बैठकले कफ्र्यू अनिश्चितकालीन घोषणा गरेको हो । सुरक्षा समितिको संयोजक सीडीओ रहने व्यवस्था छ । सीडीओ गजेन्द्रबहादुर श्रेष्ठ छन् । पाण्डेको मृत्युपछि यहाँको अवस्था तनावग्रष्त बनेको स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.