महरालाई थुनामा राख्‍ने म्याद सकियो, आज थुनछेक बहस

0

काठमाण्डौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सासंद कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।

थुनामा राख्न तेस्रो पटकको म्याद थपपछि महरालाई आज थुनछेकका लागि अदालतमा पेस गरिन लागेको हो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।

महराको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले आजै थुनछेक बहस सकिने सम्भावना कम रहेको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गर्ने बताए । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप महरामामाथि लागेको छ ।

Leave A Reply

Your email address will not be published.