किशोरी बलात्कार अभियोगमा अनेरास्ववियूका नेता पक्राउ

0

काठमाण्डौं – बलात्कार अभियोगमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सदस्य ईन्द्रहाङ राई पक्राउ परेका छन् । राईलाई बलात्कृत १८ वर्षीया किशोरीको किटानी जाहेरीका आधारमा मङ्गलबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

राईले जरुरी काम छ भनेर बोलाएर गोकर्णेश्वर नगरपालिकाको माकलबारीमा रहेको आफन्तको घरमा लगेर सोमबार राति बलात्कार गरेको प्रखरीले जानकारी दिएको छ। निज अभियुक्त राईको पीडित युवतीसँग चिनजान रहेछ, पहिल्यैदेखि । दिदीको चिनापर्चीको आडमा अभियुक्तले मामलबारी पुर्याएर बलात्कार गरेका रहेछन्, बौद्ध प्रहरी कार्यालयले जानकारी दियो ।

पीडित युवतीले मङ्गलबार बिहान किटानी जाहेरी दिएपछि राई पक्राउ परेका हुन् । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिवसमेत रहेका राईलाई सङ्गठनले पनि कारवाही गर्ने जनाएको छ ।

अभियुक्त राईलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाउने र प्रारम्भिक अनुसन्धानबाट बलात्कार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.