पुर्जा चढे सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल

0

काठमाण्डौं – नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा (आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै) हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका छन् ।

ब्रिटिस आर्मीमा काम गरिसकेका ३६ वर्षका पुर्जाले गत अप्रिलबाट आफ्नो हिमाल आरोहणको यात्रा शुरु गरी हिजो मंगलबार शिशापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वकीर्तिमान पूरा गरेका हुन् ।

यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनलाई आफ्नो नाममा यो कीर्तिमान कायम गर्न करिब आठ वर्ष लागेको थियो । उनले सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

Nirmal Purja MBE@nimsdai

“MISSION ACHIEVED !” says @nimsdai from the summit of #Shishapangma #14peaks7months #History

At 8:58 hrs local time, Nims and his team reached the summit of Shisha Pangma. Team Members includes: Mingma David Sherpa, Galjen Sherpa and Gesman Tamang.#BremontProjectPossible

View image on Twitter

4,2008:21 PM – Oct 28, 2019Twitter Ads info and privacy1,546 people are talking about this

Leave A Reply

Your email address will not be published.