दशैं हिरासतमा बिताएका महाराको तिहार पनि हिरासतमै बित्ने

0

काठमाण्डौं – गत असौज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहिलाई `बलात्कार प्रयास´ को आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको तिहार पनि हिरासतमै बित्ने भएको छ । 


दशैंको महाअष्टमिको दिन सभामुखको सरकारी निवास बालुवाटार बाटै पक्राउ परेका महरालाई आज काठमाण्डौं जिल्ला अदालतले अनुसन्धानको लागि ७ दिन म्याद थपेसँगै निवर्तमान सभामुख महराले अनुसन्धानको लागि २५ दिन हिरासतमै बिताउने भएका हुन । 


संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहिलाई निवासमै गएर `बलात्कार प्रयास´ गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका महरा स्वास्थमा समस्या आएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

Leave A Reply

Your email address will not be published.