विप्लव नेकपाले गर्यो देशैभर पुत्ला दहन

0

काठमाण्डौं – विप्लव नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको समाचार छ । पार्टीमाथि दमन र धरपकड तथा झुठा मुद्दा सरकारले जारी राखेकोभन्दै उसले सरकारले विरोध गर्दै आइरहेको छ ।

उसले सरकारमाथि पार्टीलाई अनावश्यक रुपमा प्रतिबन्धको घोषणा गरेर सामाजिक दलाल पूँजीवादको पक्षपोषण गरेका आरोप लगाउँदै आएको छ । पार्टी मुलुकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घोषसहित संघर्षरत छ ।

प्रतिबन्धको घोषणायता सरकारले यही असोज ३० गते दाङको राजपुर गाउँपालिका ४ नम्बर वडाको मगराइना गाउँबाट मध्यरातमा पार्टीका मध्यकमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्दलसहित २१ नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टीले सरकारको विरोध गर्दै बिहिबार प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

पूर्वघोषित कार्यक्रम अनुसार कार्यकर्ताले प्रतिबन्ध हटाउन र गिरफ्तार सबै नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गर्दै देशैभर प्रधानमन्त्रीको पुत्ला गरेका छन् ।

यसैबीच काडमाडौं उपत्यकाको ललितपुर जिल्लाको साना गाउँलगायत क्षेत्रमा पुत्ला दहन कार्यक्रम पूरा गरिएको छ । दाङ जिल्लाका विभिन्न स्थानमा पनि पुत्ला दहन कार्यक्रम गरेका छन् । दहनका क्रममा र्याली र सभा आयोजना गरेका थिए । कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै बन्दी नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् ।

उनीहरुले ‘नेकपा जिन्दावाद, दलाल सरकार मुर्दावाद, दमनको प्रतिरोध गर्छौं, बन्दीलाई रिहा गर, वीर सहिद लालसलाम’ जस्ता नारा लगाएका थिए ।

पूर्वका जिल्लाहरुमा पनि पुत्ला दहन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.