इथियोपियाका प्रधानमन्त्रीलाई यो बर्षको नोबेल शान्ती पुरस्कार

0

एजेन्सी – इथियोपियाका प्रधानमन्त्रीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । स्वीडिस एकेडेमीले सन् २०१९ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा आज शुक्रबार गरेको हो ।

इथियोपियाका प्रधानमन्त्री एबी अहमदलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको स्वीडिस एकेडेमीले उल्लेख गरेको छ ।

इथियोपिया र एरिट्रेयाबीच गएको वर्ष शान्ति सम्झौता भएको थियो। यो शान्ति सम्झौताले २० वर्ष लामो सैन्य हिंसा अन्त्य गरेको थियो । सन् १९९८ – २००० को सीमा युद्धपछि इथियोपिया र एरिट्रेयाबिच हिंसाको अवस्था थियो ।

पुरस्कार बापतको ७ लाख ३० हजार पाउण्ड स्ट्रलिङ्ग उनलाई आउँदो डिसेम्बरमा ओस्लोमा हुने विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिने छ । नोबेल शान्ति पुरस्कार जित्ने एबी अहमद १०० औँ व्यक्ति हुन्। यो अवधिमा नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना तथा संस्थालाई मनोनित गरिएको छ। २ सय २३ व्यक्ति र ७८ संस्था रहेका छन् ।

यो वर्षको नोबेल शान्ति पुरस्कार जलवायु परिवर्तनका लागि तत्काल काम गरिनु पर्ने पक्षमा वकालत गर्दै आएकी स्वीडेनकी किशोरी ग्रेता थुनबर्गले जित्ने आँकलन गरिएको थियो । तर उनले नोबेल शान्ति पुरस्कार जितिनन् । यो वर्षको पुरस्कार जितेका एबी सन् २०१८ को अप्रिलमा इथियोपियाका प्रधानमन्त्री बनेका हुन् । उनले हजारौँ विपक्षी अधिकारवादीलाई जेलबाट रिहा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.