रिक्त रहेको सभामुख पदमा सात जनाको दावी

0

काठमाण्डौं – संसद सचिवालयमा काजमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीले यौन दुराचारको आरोप लगाएपछि नेकपाले कृष्णबहादुर महरालाई दबाब दिएर पदबाट राजीनामा दिन लगायो । महराको राजीनामासँगै रिक्त सभामुख पदमा को आउला भन्ने चासो र चर्चा सुरु भएको छ ।

नेकपाभित्र महराको उत्तराधिकारी बन्न चाहने आकांक्षी धेरै देखिएका छन् । त्यसमा पनि पूर्वमाओवादी समूहमा । पूर्वएमाले र पूर्वमाओवादीबीच शक्ति बाँडाफाँड हुँदा सभामुख माओवादीका भागमा परेको थियो । महरा आफ्नो कोटाबाट सभामुख भएकाले स्वतः उक्त पद आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्वमाओवादीको छ ।

पूर्वएमाले भने पार्टी एकता भइसकेको अवस्थामा पूर्वसमूह नभनी सक्षम र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पक्षमा छ । स्वयं नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली यही लाइनमा छन् । त्यसैले भावी सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी समूहबीच लफडा हुने देखिएको छ । स्रोतका अनुसार हालसम्म पूर्वमाओवादीबाट टोप बहादुर रायमाझी, अग्नि सापकोटा, देव गुरुङ, पम्झा भुसाल, लेखराज भट्ट र ओनसरी घर्तिको दाबी छ ।

उनीहरु सबैले सम्बन्धित ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । यदि पूर्वमाओवादीले सभामुख पाएमा उक्त पदमा जाने व्यक्ति भने माथि उल्लेख गरिएकाहरुबाटै हुने निश्चित छ । तर, पूर्वएमालेबाट पटकपटक सभामुख र संविधानसभा अध्यक्ष रहिसकेका नेकपा उपनेता सुवास नेम्वाङले पुनः सभामुखको भूमिकामा जान चाहेका छन् । राजीतिका चतुर खेलाडी नेम्वाङ प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् ।

Leave A Reply

Your email address will not be published.