महरातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीको प्रहरीलाई कठोर निर्देशन

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले अपराध अनुसन्धान गर्दा पद र अनुहार हेरेर काम नगर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । उनले कुन पदमा भएको व्यक्तिबाट अपराध भएको छ भन्ने प्रहरीले हेर्न जरुरी नभएको औंल्याए । उनको संकेत बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरातर्फ थियो ।

‘कुन पदमा रहेकाले अपराध गरेको छ, प्रहरीले त्यो हेर्ने होइन’, ६४ औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले पद र अनुहार अनि को सरकारमा छ र को छैन भनेर हेर्ने होइन, निश्पक्ष छानबिन गर्न प्रहरी स्वतन्त्र छ ।’

उनले अपराध अनुसन्धानमा कसैको दबाब स्वीकार नगर्न पनि भने । ‘ स्वतन्त्र छानबिनमा कसैको दबाब मान्नु पर्दैन’, उनले भने, ‘सबैमाथि निष्पक्ष छानबिन हुुनुपर्छ ।’

Leave A Reply

Your email address will not be published.