चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका सार्वजनिक

0

काठमाण्डौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोबर १२ र १३ (असोज २५ – २६) गते नेपाल भ्रमण गर्नेछन् ।

चिनीयाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नाई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले मल्लापुरममा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको मल्लापुरममा मोदीसँगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागि हुनेछन् ।

Leave A Reply

Your email address will not be published.