दशैं टीकाको दोस्रो दिन आज पनि टीका थापेर आशीर्वाद लिने क्रम जारी

0

काठमाण्डौं – विजयादशमीकाे शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।

दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिकाे विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।

Leave A Reply

Your email address will not be published.