भारतले दियो पाकिस्तानी प्रधानमन्त्री खानले संयुक्त राष्ट्रसंघ महासभामा गरेको भाषणको जवाफ

0

एजेन्सी भारतले संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सोम्बोधनको जवाफ दिएको छ।

पाकिस्तानी प्रधानमन्त्री इरामन खानले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको ५० मिनेट लामो सम्बोधनको क्रममा आफ्नो देशको तर्फबाट भएको शान्तिका सबै प्रयास भारतले अस्वीकार गरेको बताएका थिए ।

इमरान खानले आफ्नो भाषणको क्रममा विश्व समुदायलाई सचेत गराउँदै भारत र पाकिस्तानबिच युद्धको अवस्था आएमा जे पनि हुन सक्ने बताएका थिए ।

भारतले जवाफ दिन पाउने अधिकार अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री खानको सो भाषणको जवाफ दिएको हो । भारतको विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानी प्रधानमन्त्री खानको भाषण भड्काउ रहेको र उनको भनाई झुट रहेको उल्लेख गरेकी छन् ।
विदिशाले शुक्रबार आफ्नो तर्फबाट विस्तृत बयान जारी गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लगाएको आरोपको जवाफ दिएकी हुन् ।

खानले सम्बोधनको क्रममा पाकिस्तानमा कुनै पनि चरमपन्थी संगठन सक्रिय नरहेको र यसको पुष्टिका लागि उनले संयुक्त राष्ट्रसंघका पर्यवेक्षकलाई निम्ता दिएका थिए । विदिशा मैत्राले पाकिस्तानले आफ्नो वाचा पूरा गरेको हेर्न चाहेको बताएकी छन् ।

विदिशाले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानी प्रधानमन्त्री खानले गरेको भाषण असभ्य रहेको र अन्तर्राष्ट्रिय मञ्चको दुरुपयोग रहेको आरोप पनि लगाएकी छन् ।

Leave A Reply

Your email address will not be published.