प्रचण्डको चेतावनी: ‘पत्रकार संयमित भएनन् भने उपलब्धी भत्किने छ’

0

काठमाण्डौं – सरकारले प्रेस स्वतन्त्रतामाथि अकुंश लगाउने गरी विधेयक तयार पारिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी उल्ट्याउने र जनभावनाविपरित पत्रकारिताको अभ्यास गर्न नहुने चेतावनी दिएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा पत्रकारिताका मूल्यमान्यता र आचारसंहिताको फैसला राज्य, पार्टी र सरकारबाट नभई पत्रकार स्वयम् बाट हुनु पर्ने तर्क गरेका प्रचण्डले पत्रकारले हदैसम्मको विवेक प्रयोग गरेर काम गर्नु पर्ने बताएका हुन् ।

संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएकाले आफ्नो सरकारले उक्त व्यवस्थालाई लत्याउने काममा कहिल्यै नलाग्ने बताएका उनले पत्रकार संवेदनशील हुनुपर्ने अवस्था भने जहिल्यै रहने बताएका छन् ।

उनले भने, ‘पत्रकारितालाई नियन्त्रण गर्ने या संकोचन गर्ने विधेयक आउनै सक्दैन । त्यो संविधानको मर्म र भावना अनुसार नै आउने हो । तर पत्रकार संयमित नहुने हो भने उपलब्धी भत्किने छ ।’

उनले भने, ‘अचेल सुन्नै नसकिने, हर्नै नसक्ने गरी प्रचारप्रसार गरिन्छ । त्यसले राम्रो कामलाई नोक्सान गर्छ मात्रै।’ पत्रकारले राम्रा कामलाई सहयाेग पुग्ने र नराम्रा कामहरुलाई प्रमाणसहित पर्दाफास गर्नु पर्ने उनले बताए ।

पत्रकारिता नकारात्मक धारणामा बढी बग्न थालेको भन्दै आफूविरुद्ध पनि पत्रकारिता धेरैजसो खनिएको उनको भनाई छ ।

उनले भने , ‘ मैले भारतीय विदेशमन्त्रीलाई आफू पूर्व प्रधानमन्त्री भएको नाताले घरमै या बीचमा कतै भेटम भनेको थिए । त्यो त्यो मिलेन । मैले उहाँलाई भेटिन । तर मिडियामा मैले बालुवाटारमा खुसुक्क भेटेको भन्दै समाचार आए । झुट समाचारबाट हामी कति पीडित हुन्छौँ भन्ने पनि सोच्नु पर्छ ।’

Leave A Reply

Your email address will not be published.