सरकारले चीनिया मोडेलमा शासन चलाउने सपना नदेखे हुन्छः नेता खाँण

0

काठमाण्डौं – नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक एवं सांसद बालकृष्ण खांँणले ओली–प्रचण्ड नेतृत्वको नेकपाले चीनियाँ मोडेलको शासन चलाउने सपना नदेख्न चेतावनी दिएका छन् ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले चिनिया कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउँदै संविधान विपरीत एकदलीय शासन व्यवस्था लाद्न खोजिए नेकपालाई नै घातक हुने बताए ।

चिनियाँ शासन पद्धतिले लोकतन्त्रलाई अस्वीकार गरेको र त्यो तरिका नेपाली कांग्रेसलाई अस्वीकार्य हुने उनको विचार छ । ‘चीनको जस्तो शासन संसारमा कहींँ पनि छैन । चीनियाँ मोडेलले लोकतन्त्रलाई कदापी स्वीकार्दैन’ नेता खाँणले भने ।

सरकारको मात्र पक्षपोषण गराउने उद्देश्यले सरकारले मिडिया काउन्सिल विधयेक ल्याएको बताउँदै संविधानले स्वतन्त्र रुपमा स्वीकारेको स्वतन्त्र प्रेसलाई अंकुश लगाउने चेष्टा दुईतिहाईको सरकारको गरेकोमा आपत्ति जनाएको छ । स्वतन्त्र प्रेसलाई निमोठ्ने विधेयकको डटेर विरोध गर्ने उनले बताए । लोकतन्त्र र स्वतन्त्र पत्रकारिताको रक्षा गर्न नेपाली कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनको भनाई छ ।

पार्टीले चलाएको दोस्रो राष्ट्रिय जागरण अभियान भव्य र उत्साहजनक ढंगबाट सम्पन्न भएको र तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने उनले बताए । उनले कालीगण्डकी डाइभर्सन गरेर केही मात्रा पानीलाई तिनाउमा लान खोजेको बताए । पानी नभएको ठाउँमा पानी लैजानु स्वभाविक भएको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.