सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो, ३१ लाखसहित १० जना पक्राउ

0

काठमाण्डौं – कृषि विकास बैंकको डेढ करोड रुपैयाँ सिस्टम ह्याक गरेर लुटिएको छ । सिरहाको लहान शाखाबाट डेढ करोड रुपैयाँ केन्द्रीय बैंकमा ट्रान्सफर गरी डेढ करोड रुपैयाँ लुटिएको हो । रकम आइतबार लुटिएको बताइएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक बताउन चाहेको छैन ।

सात महिनादेखि बैंकको रकम चोर्ने प्रयास ! एटीएमका सबै पिन नम्बर ६६६६
तर सिस्टम ह्याक भारतबाट गरिएको आशंका प्रहरीले गरेको छ । उक्त रकम निकालेको आशंकामा १० जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

भारतीय बैंकबाट एक करोड ७० लाख नेपाली रकम चोरी
पक्राउ पर्नेमा सुजन कार्की, निमा तामाङ, लक्ष्मी तामाङ, सञ्जय घलेलगायत १० जना रहेको प्रहरी स्रोतले जानकारी दियो । कैलालीबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एकजना रेमिट्यान्सका कर्मचारी पनि रहेका छन् । धादिङ, कीर्तिपुर, सिराहा र कैलालीबाट गरी १० जना पक्राउ परेका हुन् ।बाँकीको नाम गोप्य राखिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनीहरुको साथबाट ३१ लाख नगद बरामद गरिएको छ ।

सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो
“भारतबाट ह्याक गरेको आशंका छ,” प्रहरी स्रोतले कुराकानीमा भन्यो, “समयमै पक्राउ गरिएको हुँदा करिब १० करोड रुपैयाँ लुटिनबाट जोगियो ।”

सातवटा बैंकको रकम चोरी भएको पुष्टि, ‘म्याग्नेटिक स्ट्राइप’को प्रयोग
ह्याकरले १० करोड रुपैयाँ लुट्ने योजना बनाएको प्रहरीले जानकारी दियो । लहानबाट ट्रान्सफर गरेर केन्द्रीय कार्यालयबाटै रकम निकालिएको थियो ।

एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका

यसरी लुटियो रकम


एकजना उच्च प्रहरीले दिएको जानकारी अनुसार ह्याकरले कृषि विकास बैंकमा खाता हुने व्यक्तिको खोजी गरेका थिए । खाता हुने व्यक्तिलाई १० प्रतिशत कमिशन दिने भन्दै लोभ्याइएको थियो । त्यो खातामा ह्याकरले सिस्टम ह्याक गरेर रकम ट्रान्सफर गरिदिए । खातावालाले त्यो रकम काठमाडौंबाट निकाले । १० प्रतिशत कमिशन कटाएर उनीहरुलाई बाँकी रकम फिर्ता गरिदिए ।
प्रहरीले भारतीयले नेपाली युवालाई प्रयोग गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिलेसम्म १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३१ लाख रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.