एनआरएनए उपाध्यक्ष कुल आचार्यको अध्यक्षमा उम्मेद्बारी घोषणा

0

गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्नु भएकोछ । बेलायतलाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सकृय रहेका ब्यबसायी आचार्यले आज लण्डनमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पदको उम्मेद्बारी औपचारिक घोषणा गर्नु भएको हो ।

गैर आबासीय नेपाली संघलाई समयानुकुल परिवर्तन गर्नु पर्ने अत्यन्त जरुरी भएको र आफु मध्यपुर्बमा श्रम गर्ने गैर आबासीय नेपाली श्रमिक देखि युरोप अमेरिकामा हुर्की रहेको नयाँ पुषता लगायत प्राबासमा रहेका हरेक नेपालीलाई गैर आबासीय नेपाली अभियानमा जोडेर मातृभूमीको सम्ब्रिद्धी र कर्मभुमीमा सन्स्क्र्तीको उत्थानका लागि दत्तचित्त भएर कर्म गर्ने बाचा गर्दै आफ्ना दस बुदे प्रतिबद्धता पत्र पनि जारी गर्नु भएको छ ।

बेलायत लगायत युरोपीय देशका गैर आबासीय नेपाली संघका अग्रजहरु, नेपाली समुदायका अगुवाहरु र पत्रकारहरु उपस्थित कार्यक्रममा ‘गतिशिल एनआरएनए, भिजनरी नेत्रित्व’ भन्ने नारा सहित् आफ्ना आगामी कार्ययोजना प्रस्तुत गर्दै आचार्यले बिदेशमा रहेका हरेक नेपालीको ”हाम्रो एनआरएनए, राम्रो एनआरएनए” सफल बनाउने अभियानलाई साथ र समर्थन दिई गैर आबासीय संघको आगामी अध्यक्षमा निर्बाचित गरिदिन अनुरोध गर्नु भएको छ ।

आचार्यका आगामी कार्ययोजना …

फोटो.. प्रसंसा मेडिया

Leave A Reply

Your email address will not be published.