वृद्धलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएपछि…

0

काठमाण्डौं – भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ ।

उनलाई मेसिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा उनले हलचल गर्न सकेनन् । ज्यानै जान्छ भन्ने लागेपछि उनले निकै बल लगाए अनि पेटी चुँडियो र उनी मेसिनबाट बाहिर निस्किए ।

पीडितले कर्मचारीहरूबाट गम्भीर लापरवाही भएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका छन्। उजुरीमा उनले आफू ३० सेकेन्ड अझै बाहिर ननिस्केको भए मर्ने कुरा उल्लेख गरे ।

सेन्टर इन्चार्ज अमित खोखरले भने रोगी आफैं समयअगावै मेसिनबाट बाहिर निस्किएको बताए ।

‘मैले प्राविधिकसँग कुरा गरें । रोगीलाई २० मिनेटको स्क्यान गर्नुपर्ने थियो । प्राविधिकले अन्तिम तीन मिनेटको सिक्वेन्स लिनुपर्ने थियो र अन्तिमको दुई मिनट बाँकी थियो। रोगी यसक्रममा निकै आत्तिए र हल्लिन थाले । उनलाई हल्लिन मनाही गरिएको थियो। एक मिनट बाँकी रहँदा प्राविधिकले रोगी आधी जति बाहिर आएको देखे । अनि प्राविधिकले नै रोगीलाई बाहिर निकाले ।’

अहिले उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.