केन्याको राजधानी विद्यालय भवन भत्किँदा कम्तिमा सातजनाको मृत्यु

0

एजेन्सी – केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो ।

दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । आपतकालीन उद्धारकर्मीहरु घटनास्थलमा खटिएका छन् ।

Leave A Reply

Your email address will not be published.