अल्बानियामा शक्तिशाली भूकम्प

0

एजेन्सी – अल्बानियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार अल्बानियाको तटीय शहर डुरेस आसपास केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भूकम्प लगत्तै त्यो भन्दा केही कम म्याग्निच्युडको परकम्प जाँदा भवनहरु भत्किएको जनाइएको छ। अल्बानियाको राजधानी तिरानामा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

पछिल्लो ३० वर्षमा अल्बानियामा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । तिराना र डुरेसमा गरी हालसम्म ६८ जना घाइते भएको खबर आएको अल्बानियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पका कारण मानवीय क्षति नभए पनि भवनहरु भत्किएको तथा चर्किएको जनाइएको छ । पहिलो भूकम्प गएको ११ मिनेटपछि ५.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.