महासचिब बद्री केसीको उपाध्यक्षमा उम्मेद्बारी , उम्मेद्बारी घोषणा संगै सात बुदे प्रतिबद्धता

0

गैर आबासिय नेपाली संघका बर्तमान महासचिब बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा सात बुदे कार्ययोजना सहित उम्मेदवारी घोषणा गर्नु भएको छ । रसियालाई कर्म थालो बनाएका केसीले मस्कोबाट उपाध्यक्ष पदमा आफ्नो उम्मेद्बारी घोषणा गर्दै गैर आबासिय नेपाली संघको डेढ दशकको कार्यकालमा भएका उपलब्धी र थपिएका चुनौतीलाई सामना गर्न सक्ने नयाँ भिजन र योजना सहितको नेत्रित्व संस्थाले खोजेकोले आफु उपाध्यक्षको जिम्मेवारी लिएर काम गर्न चाहेको बताउनु भएको छ ।

एनआरएनए रसियाको महासचिब हुँदै आईसिसी महासचिब सम्मको जिम्मेवारी निभाउदै संगठन भित्र आएका हरेक चुनौतिलाई सङ्गठनको हितमा हुने गरी निर्णय र कार्यान्वयन् गराउन जस्तोसुकै कठिनाई ब्यहोर्न पनि तयार रहने नेत्रित्वको छबी बनाएका केसी संगठन भित्रका उनका बिरोधीले पनि स्विकार गर्न सक्ने ब्यक्ती मानिनु न्हुन्छ ।

संसार भरी छरिएर रहेका प्रबासी नेपालीहरुलाई एकताको सुत्रमा बाधेर मातृभूमी र नेपाली डायसपोराको लागि योगदान गर्ने उद्द्यस्य राखेर सुरु गरिएको भाबनात्मक अभियानलाई एउटा मजबुत सामाजिक सङ्गठनको रुपमा उभ्याउनमा केसी जस्ता केही ब्यक्ती संगठन भित्र नभएको भए सायद् आज भन्दा दुराबस्थामा हुन्थ्यो भन्दा अतियुक्ती नहोला ।

आदेशले हैन, बिधी र बिधानबाट संगठन चलाऊनु पर्छ नेत्रित्वले पनि बिधानमा रहेको कमजोरपक्षलाई प्रयोग गरेर आफ्नो अनकुूलको निर्णय गर्नु हुँदैन बिधानमा भएका कमजोरीलाई पहलयाई सच्च्याउनुपर्छ, एकल नेतत्ृवले हैन, सामुहिक नेतत्व र टिमवर्क हुनुपर्छ , संगठनको बैधानिक प्रकृया मिचेर काम गरे साधारण सदस्य मात्र हैन, नेत्रित्व पनि अनुशासनको कार्यबाहिको भागीदार हुनु पर्छ र पचास लाख नेपाली प्रबासी नेपालीहरुको साझा संस्थालाई साझा र सर्ब स्वीकार्य धारणामा बिधी र प्रकृयाले चलाऊनु पर्छ भनेर डटी रहने केसी अबको प्राबासको नेपाली समाजलाई सङ्ठन र नेत्रित्वले बुझ्नु अती जरुरी भैसकेको आवश्यकता देख्नु हुन्छ ।

संस्था भित्र आएका बिक्रितीहरुलाई समयमै चिन्न सक्ने र त्यसको लागि आबस्यक बैधानिक प्रकृयाबाट निरुत्साहित गर्ने क्षमता भएका केसी प्रबासमा हुर्की रहेको दोश्रो पुषतालाई संगठनमा जोड्न नसके संगठन अपाङ्ग हुने निस्चित छ भन्दै आधुनिक ज्ञान र प्रबिधिमा पोख्त नयाँ पुषतालाई सङ्ठनको नेत्रित्वको लागि तयार बनाउने अभियानमा हुनुहुन्छ ।

मातृभूमीको सम्ब्रिद्धी र प्रगतिको लागि एकजुट हुने साझा चौतारी एनआरएनएलाई बनाउन अबको नेत्रित्वले आबस्यक कदम चाल्नु पर्ने र उपाध्यक्षको रुपमा संगठनको मर्यादा र उचाइ बढाउन आफु मन, बचन र कर्मले लाग्ने प्रतिबद्धता गर्दै संसार भरी छरिएर रहेका गैर आबासीय नेपालीहरुलाई सहयोग र समर्थनका लागि केसीले अनुरोध गर्नु भएको छ ।

सात बुदे घोषणापत्रको पूर्णपाठ …..तलको लिन्क्समा ..

https://drive.google.com/file/d/1RpBBanqrPuS0N8TR5FGWC1qa-863E3an/view

Leave A Reply

Your email address will not be published.