भारतीय कम्पनीसँगको माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग

0

काठमाण्डौं – माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका भारतीय ठेकेदार कम्पनी जीएमआरसँगको सम्झौता खारेज गर्न सरोकारवालाले माग गरेका छन् ।

मंगलबार दिउँसो नेकपा (माले) र देशभक्त जनगणतान्त्रिक मोर्चाले मंगलबार काठमाडौंमा विरोध र्याली निकाल्दै खारेजीको माग गरेका हुन् ।


माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभा बोल्दै वक्ताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्झौतामा नेपाल तल पर्ने गरी हस्तक्षर गरिएको र त्यसलाई तत्काल खारेज गरेर स्वेदशी लगानीमा निर्माण गर्नुपर्ने बताए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली जनताकै पैसाबाट आयोजना निर्माण गर्न सेयरका लागि आह्वान गर्न माग सम्बन्धित निकायसँग माग गरे । सम्झौताले देशको सार्वभौममाथि नै आँच पुर्याउने काम भएको र क्षमताभन्दा ३ हजार भन्दा कम मेगावाट उत्पादन गर्ने षडयन्त्र भएको वक्ताहरुले भनाई थियो ।

यसै आयोजनामा सरकारले राष्ट्र दलाल कम्पनीसँग आर्थिक चलेखलमा परी राष्ट्रघाती सम्झौता गरेको भन्दै विप्लव नेकपाले खारेजीको माग गर्दै आक्रमणका घटना दोहोर्याइरहेको अवस्था छ । उसले आयोजना पूर्णक्षमतामा स्वेदशकै लगानी बनाउन र राष्ट्रघातीमाथि कारवाही गर्न सरकारसँग माग राख्दै माग पूरा नभए कडा संघर्ष चलाउने बताएको छ ।

कर्णाली नदी कर्णाली क्षेत्र हुँदै ९ वटा जिल्ला पार गरेर भारत बग्ने देशकै लामो नदी हो । ४१ सय मेगावाट विद्युत उत्पादन हुने यस आयोजनालाई ९ सय मेगावाट मात्र उत्पादन गर्ने गरी तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले सन् २०१५ मा उत्पादन शुरु गर्ने सम्झौतामा भारतीय कम्पनीलाई सन् २००८ मा दिएको थियो ।

अहिलेसम्म कम्पनीले अहिलेसम्म लगानी समेत जुटाउन सकेको छैन भने पटकपटक म्याद गराउँदै आएको छ । पछिल्लो पटक दिएको खुला समयअवधि समेत आउँदो असोज ३ गते सकिँदैछ ।

Leave A Reply

Your email address will not be published.