भदौरे झरीको प्रभाव, सप्तकोशी नदी खतराको सतहनजिक

0

काठमाण्डौं – भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशैभर मौसम बदली र बर्षा भईरहेको छ ।

सोमबार बेलुकीदेखि पूर्वी भागमा परेको अविरल बर्षाका कारण सप्तकोशी नदीको सतह खतराको संकेतनजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुनसुरीको चतरामा सप्तकोशीको जलसतहले सतर्कता तह पार गरेको छ । यस क्षेत्रमा आज (मंगलबार) बेलुकीसम्म नै सतर्कता अपनाउनुपर्ने देखिएको छ । यतिखेर (मंगलबार मध्यान्ह) काठमाडौं उपत्यका लगायत देशभरका अधिकांश स्थानमा मेघगर्जनसहित झरी परिरहेको छ ।

मनसुनी न्यूनचापीय रेखा औषतभन्दा उत्तर अर्थात नेपालतर्फ सरेकाले पनि यतिखेर भारी बर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभरको मौसमी बदली तत्काल नसुध्रिने र मंगलबार रातीसम्म निरन्तर बर्षा भईरहने मौसमविदहरुले अनुमान गरेका छन् ।

सप्तकोशीमा पानीको बहाव सतर्कता तह पार गर्दै, सुनसरी र सप्तरीका बासिन्दालाई सतर्क रहन आग्रह

सप्तकोशीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.