‘प्रसूति गृह’को अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते

0

काठमाण्डौं – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।

प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन ।

घाइते दुवै जनाको यतिबेला ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

“प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो । प्लान्टमा सामान्य विस्फोट भएको रहेछ”, उहाँले भन्नुभयो ।

विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।

Leave A Reply

Your email address will not be published.