समाजवादी पार्टीले संविधान दिवसमा न दिपावली गर्ने न त कालो दिवस मनाउने

0

काठमाण्डौं – समाजवादी पार्टीले संविधान दिवसमा दिपावली नगर्ने भएको छ । सत्तारुढ समाजवादी पार्टीले संविधान दिवस असोज ३ गते दिपावली नगर्ने भएको हो । साथै कालो दिवसका रुपमा पनि नमनाउने भन्दै दुवै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने तयारी गरेको छ । त्यसको लागि नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ ।

तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको हो । ३ असोजमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिए ।

डा. बाबुराम भट्टराई संयोजक रहेको पार्टीले उक्त निर्णय गरेको हो । संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाबुराम तत्कालिन माओवादी बिद्रोह, नेकपामा माओवादी, नयाँ शक्ति पार्टी हुँदै यतिबेला समाजवादी पार्टीमा छन् ।

संविधानसभाको सबभन्दा महत्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको संयोजक बनेका बाबुरामले संविधान निर्माण गरेपनि अन्तमा उनले केही बूँदाहरूमा असहमति जनाउँदै आएका थिए ।

Leave A Reply

Your email address will not be published.