योगेश भट्टराईका स्वकीय सचिवले जनतालाई कुकुर भनेपछि…

0

काठमाण्डौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भाषा विवादमा फसिरहेका बेलामा त्यसलाई थप मलजल गर्ने गरी उनका स्वकीय सचिव प्रेम गुरागाईंले जनतालाई कुकुर भन्न भ्याएका छन् । मन्त्रीको स्वकीय सचिवालयको लेटरप्याड प्रयोग गर्दै गुरागाईले धनगढीमा जहाज चढ्न ढिला गरेर मन्त्री भट्टराईले यात्रुलाई असुविधा पुर्याएपछि आएको प्रतिक्रियाको जवाफ दिने क्रममा कुकुर शब्दको प्रयोग भएको हो ।

उनले मन्त्री भट्टराई र सरकारको बचाउ गर्ने क्रममा अपशब्द प्रयोग गरेका हुन् । उनले मदन भण्डारीको नाम लिएर उक्त उक्ति राखेका हुन् । भण्डारलाई समेत विवादमा तानेर आफू पानी माथीको ‌ओभानो बन्न भट्टराईको सचिवालयले यो विज्ञप्ती निकालेको छ ।

भण्डारीको भनाईलाई नेकपाका नेता कार्यकर्ताहरु उच्च सम्मानका रुपमा लिने गर्छ। तर परिस्थिति प्रतिकुल यस्तो प्रतिक्रिया आउनु सही नभएको विश्लेषण भइरहेका छन् ।

नाम किन ज्ञानेन्द्र राखेको भन्दै कुटपिट, मन्त्रीका कार्यकर्ताले प्रहरीकै घेरामा कुटे ज्ञानेन्द्र शाहीलाई

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज मन्त्री योगेश भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि आक्रोशित भएका यात्रुमध्येका ज्ञानेन्द्र शाहीले काठमाडौंमा आइतबार गरेको पत्रकार सम्मेलनमा आक्रमण भएको छ । पत्रकार सम्मेलनमा पुगेका मन्त्री निकट अखिल तथा युवा संघका कार्यकर्ताहरुले शाहीलाई अभद्र व्यबहार गर्दै कुटपिट गरे।

मन्त्री भट्टराईका कारण विमान उड्न ढिला भएपनि काठमाडौं आइपुगेर उनले दिएको प्रतिकृयामा पारस शाहको पनि नाम जोडिएपछि त्यस बारेमा प्रष्ट पार्न शाहीसहितको टिमले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलन अघि नै शाहीलाई प्रहरीले नियान्त्रण गर्ने प्रयास गरेको थियो। उनकै फेसबुक एकाउन्टबाट गरिएको लाईभमा नेपालगञ्जमा मन्त्रीसँग जोडिएको प्रकरणमा आफुलाई नियन्त्रण गर्न खोजिएको बताएका थिए।

त्यसपछि पत्रकार सम्मेलनमा उपस्थित भएका उनलाई सुरुदेखि नै हुलहुज्जत गर्ने कोशिस गरिएको थियो। पत्रकारको आवरणमा आएका नेकपा तथा मन्त्रीका कार्यकर्ताहरुले आक्रमक शैलीमा खेद्न थालेर शाहीलाई रक्षात्मक बनाइएको थियो।

पत्रकारको आवरणमा आएका मध्ये दुईजनाले शाहीलाई फरक प्रशंगका प्रश्न सोधिरहेका थिए। त्यमध्ये एकले घर, पढाई लगायतका प्रश्न गरेका थिए भने अर्का एकले नाम किन ज्ञानेन्द्र राखेको भन्दै प्रश्न गरेका थिए। आफ्नो नाम ज्ञान बहादुर शाही भएको र बोलिचालीमा ज्ञानेन्द्र भनेर बोलाइने गरेको प्रष्टीकरण दिदैँ गर्दा पत्रकार सम्मेलनमा रहेका एक जनाले पुष्प कमल दाहाललाई प्रचण्ड भनेको जस्तै उनलाई ज्ञानेन्द्र भनेको जबाफ खस्न नपाउदैँ तनाव उत्पन्न भएको थियो।

तनाव बढ्दै जादा प्रश्न सोध्नेहरु नै नाराबाजी सहित कुटपिटमा उत्रिएका थिए। हेलमेट समेत लगाएर समुहमा आएका उनिहरुले कुटपिट गरिरहदा प्रहरी पत्रकार सम्मेलनमै थियो। घट्नापछि शाही निकटहरुले नियोजित रुपमै मन्त्रीले आक्रमण गराएको आरोप लगाएका छन्। नागरिकले प्रश्न गरेको विषयमा भड्किएर राज्यशक्तीको आडमा कार्यकर्ता परिचालन गरी आक्रमण गर्ने कार्यले मन्त्री भट्टराईको फाँसीवादी चरित्रको उदाङ्गिएको उनिहरु आरोप रहेको छ।

Leave A Reply

Your email address will not be published.