अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय भए : अध्यक्ष प्रचण्ड

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन् ।

तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हज्जारौं जनताको बलिदानीबाट ल्याइएको गणतन्त्र कलिलै अवस्थामा रहेको र यसलाई निमोठ्न अराजक तत्वहरु सक्रिय रहेको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले त्यसका लागि सतर्क र सचेत भएर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन समेत दिए। उनले भने, ‘हजारौँ छोराछोरीले ल्याएको परिवर्तनको रक्षाा गरेर समाजवादको सपना पूरा गर्नका लागि भूमिका खेल्न जरुरी छ। तमाम युवा साथीहरुलाई, विद्यार्थीहरुलाई म अपिल गर्न चाहन्छु, अराजक तत्वले जनतामा भ्रम सृजना गर्ने, हत्केलाले सूर्य छेक्ने प्रयास गरिरहेका छन् त्यसको प्रतिवाद गर्नुहोस् ।’

त्यस्तै अध्यक्ष प्रचण्डले थपे ‘अहिलेको राज्य प्रणाली कलिलो बच्चा जस्तै छ । यो सिस्टम परिपक्क भइसकेको छैन, विरोधीहरु कलिलोमा नै निमोठ्न सकिन्छ कि, मार्न सकिन्छ कि भनेर छटपटिएको हामी देख्छौँ‘ यसबाट सचेत बनौँ ।’

Leave A Reply

Your email address will not be published.