मन्त्री भट्टराईलाई प्लेनभित्र ‘र्‍याखर्‍याख्ती’ पार्ने ज्ञानेन्द्र शाही उच्च सुरक्षा घेराभित्र

0

काठमाण्डौं – शनिबार साँझ नेपालगन्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरभित्र पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘र्‍याखर्‍याख्ती’ बनाएका भष्ट्रचारविरुद्धको अभियानका ज्ञानेन्द्र शाहीलाई प्रहरीले उच्च सुरक्षा दिएको छ।

ललितपुरमा आइतबार दिउँसो शाहीले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीमाथी आक्रमण भएपछि तत्कालै प्रहरीले उनलाई उद्धार गरि जावलाखेलस्थित जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो। साँझसम्म शाही प्रहरी कार्यालयमै छन् ।

‘भिडभाडमा चस्मा फुटेकाले आँखाको जाँच गराएर चस्मा बनाउने काम भयो। अहिलेसम्म उहाँ हाम्रै कार्यालयमा हुनुहुन्छ’, परिसरका एक अधिकारीले भने।

शनिबार साँझ नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण एक घन्टा विमान उड्न ढिलो भएको भन्दै शाहीले बुद्ध एयरभित्रै मन्त्री भट्टराईविरुद्ध दुर्व्यवहार गरेका थिए। यसै विषयमा शाहीले ललितपुरको पुल्चोकमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै थिए।

‘पत्रकार सम्मेलनमा ममाथी एक्कासी आक्रमणको प्रयाश भयो। धन्न बाचियो’, ललिपुर प्रहरी परिसरमा शाहीले भने। प्रहरीले भने शाहीको कार्यक्रमबारे सुरक्षा निकायलाई कुनै जानकारी नभएको जनाएको छ।

‘हामीलाई यस कार्यक्रमबारे कुनै जानकारी थिएन। होहल्ला हुन थालेपछि हामी त्यहाँ पुग्यौँ। ठुलो दुर्घटना हुन सक्थ्यो’, परिसरका एक अधिकारीले भने।

शाहीले आकस्मिकरुपमा कार्यक्रम गर्नु परेकाले जानकारी गराउन नभ्याइएको बताए। ‘हामी असम्बन्धित कोहि पनि नछिरुन् भन्नेमा सचेत थियौँ तर कतिबेला प्रवेश गरेछन्’, शाही भन्छन्।

प्रहरीले स्वास्थ्य जाँच गरि आइतबार नै शाहीलाई छाडेको छ। शाहीले आफुलाई टाउकोलगायत शरिरका विभिन्न भागमा प्रहार भएको र चस्मा फुटेको बताए। शाहीले आफु प्रहरीकै कारण सुरक्षित हुन सकेको बताए।

Leave A Reply

Your email address will not be published.