यस्ता छन युरोप संयोजकका उम्मेदवार गौतमका प्रतिवद्धता

0

गैरआवासीय नेपाली संघ (एनआरएनए), ९ औँ विश्व सम्मेलन तथा महाधिवेशन
१५ देखि १७ अक्टोबर २०१९
गंगाधर गौतम, युरोप संयोजक (उम्मेदवार)

प्रतिबद्धता–पत्र

आदरणीय गैरआवासीय नेपाली साथीहरु,

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाको १५ वर्ष पूरा भएको छ । यस अवधिमा संसारका विभिन्न स्थानमा रहेका नेपालीको एक बृहत् छाता संगठनको रुपमा यो संस्थाले काम गर्दै आएको छ । विदेशमा रहेका ८० लाख भन्दा बढी नेपालीलाई एकैसुत्रमा बाँध्ने गरि सुरु अभियानको डेढ दशक वास्तवमा हाम्रो लागि गर्विलो इतिहास बनेको छ ।

स्थापना कालदेखि नै यस संस्थाले सामाजिक र आर्थिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । विगतका वर्षमा संघले खेलेको महत्वपूर्ण भूमिकाको कारणले नेपालमा पूँजी मात्रै नभई ज्ञान, सीप र प्रविधिको लगानीको लागि मार्ग प्रशस्त भएको छ । गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली ऐन, लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् ।
यस अभियानको सफलतासँग युरोपस्थित गैरआवासीय नेपालीहरुको भूमिका वास्तवमै उल्लेखनीय छ । युरोप क्षेत्रले खेलेको भूमिकाकै कारण संघको नेतृत्वमा जीवा लामिछाने, डा. उपेन्द्र महतोले यो क्षेत्रको नेतत्व गर्न सफल हुनु भएको हो । संघलाई संस्थागत गर्न पूर्वअध्यक्षहरु शेष घले, देवमान हिराचन र वर्तमान अध्यक्ष भवन भट्टको उत्तिकै योगदान रहेको छ ।
युरोप क्षेत्रमा रहेका २८ देशमा छरिएका नेपाली समुदायको हकहितको लागि आगामी दिन समर्पित उद्देश्यले संघको आगामी महाधिवेशनमा आफूलाई युरोप संयोजकको उम्मेदवारको रुपमा यहाँ समक्ष प्रस्तुत गरेको छु ।
सन् २००६ देखि मैले गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय भूमिका निवाह गर्दे आएको छु । गैरआवासीय नेपाली संघ बेल्जियमको संस्थापक सदस्यदेखि अध्यक्ष लगायत संघका विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेको अनुभव बटुलेको यहाँहरुलाई अवगत नै छ ।
आफ्नो अनुभव र युरोपस्थित गैरआवासीय नेपालीहरु, अग्रज, पदाधिकारी तथा विभिन्न संघसंस्थासँगको परामर्शपछि आफुले सो पदमा उम्मेदवारी दिने निचोडमा पुगेको छु । गैरआवासीय नेपाली संघभित्र रहेर योगदान गर्ने मेरो इच्छालाई आगामी निर्वाचनमा मतदान मार्फत पुरा गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ आफ्ना प्रतिवद्धताहरु तपाईहरु समक्ष प्रस्तुत गरेको छु ।

प्रतिबद्धताहरु
१. युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि गत अगष्ट महिनामा युरोप क्षेत्रीय बैठकद्धारा प्रस्तुत प्रस्ताव अनुरुप आपतकालिन राहत कोष स्थापनाको लागि पहल गर्नेछु ।
२. गैरआवासीय नेपाली संघका युरोपमा गठन भएका तर निक्रिय राष्ट्रिय समितिहरुलाई सक्रिय बनाइने छ ।

३. गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्वपूर्ण मुद्दाहरु, नेपालमा सामूहिक लगानी कोष, नागरिकताको निरन्तरता, संस्थागत विकास लगायतका विषयमा नेपालको लोकतान्त्रिक आन्दोलमा सहपाठी दलहरु र सरकार सङ समन्वयन गरी ती मागहरुलाई पुरा गर्न युरोप क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रयत्नशील गर्नेछु ।
४. संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित र आर्थिक रुपमा पारदर्शी बनाइने छ ।
५. गैरआवासीय नेपाली संघलाई सबै विचार, जात र वर्गको समावेशी बनाउने छु ।
६. संघलाई हुने खानेको मात्र नभएर सर्वसाधारणको समेत पहुँच पुग्ने गरि नयाँ नीति तर्जुमा गरि संस्थागत विकासमा जोड दिनेछु ।
७. युरोपस्थित नेपाली समुदायमा हुर्किदो दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्यले हरेक राष्ट्रिय समितिमा विशेष कार्यक्रम सञ्चालन गरिने छ । जय नेपाल जय एन अार एन

संस्थागत आबद्धता
अध्यक्ष, गैरआवासीय नेपाली संघ, बेल्जियम, (सन् २०१५)
संरक्षक, गैरआवासीय नेपाली संघ, बेल्जियम, (सन् २०११,१३)
सल्लाहकार, गैरआवासीय नेपाली संघ, बेल्जियम, (स्न २००९, ११)
सल्लाहकार, एनआरएनए केन्द्रीय आर्थिक समिति (स्न २०१९)
सभापति, स्वतन्त्र विद्यार्थी युनियन बाग्लुङ क्याम्पस (स्न १९९७)
सभापति, नेपाल बिद्यार्थी संघ बाग्लुङ (सन् १९९९)

गंगाधार गौतम
संयोजक (उम्मेदवार), गैरआवासीय नेपाली संघ (एनआरएनए)
९ औँ विश्व सम्मेलन तथा महाधिवेशन

बेल्जियम, १५ सेप्टेम्वर २०१९

Leave A Reply

Your email address will not be published.