दसैंको अग्रिम टिकट असोज ५ बाट खुला गर्ने सहमति

0

काठमाण्डौं – यातायात व्यवसायीले यस वर्षको लागि दशैंको अग्रिम टिकट असोज ५ गतेबाट दिने भएको छ ।

बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच सहमति भएपछि अग्रिम टिकट दिने भएको हो ।
महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको जानकारी दिए ।

योपटक गत वर्षझैं दसैंअघि भाडा बढाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीले अग्रिम टिकट तिवरण मानिरहेका थिएनन् । दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस घर फर्किन्छन् ।

सोही बाध्यकारी अवस्था पारेर व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिने गरेका छन् । योपटक पनि दबाब दिन छाडेका छैनन् ।

Leave A Reply

Your email address will not be published.